शिक्षकलाई तालिम प्रदान गरी दक्ष बनाउने उद्देश्यले वि.सं. २००४ सालमा आधार शिक्षक तालिम केन्द्रको स्थापना, वि.सं. २०११ सालमा राष्ट्रिय शिक्षक तालिम केन्द्रको स्थापना तथा वि.सं. २०१४ सालमा शिक्षक तालिमका लागि शिक्षा महा विद्यालय (College of Education) को स्थापना शिक्षा तालिम केन्द्रको मुल इतिहास हो।

राष्ट्रिय शिक्षा आयोग (२०४९) ले सिफारिस गरे अनुसार शिक्षा क्षेत्रमा कार्यरत जनशक्तिको सेवाकालीन तालिम मार्फत् पेसागत कार्यदक्षता विकासका लागि राष्ट्रिय स्तरमा उच्च तहको एकीकृत संस्थाको आवश्यकता महसुस गरी वि.सं. २०५० साल श्रावण १ गते तत्कालिन शिक्षा मन्त्रालय अन्तर्गत शैक्षिक जनशक्ति विकास केन्द्रको स्थापना भयो र शैक्षिक जनशक्ति विकास केन्द्र अन्तर्गत वि.सं. २०५३ सालमा प्राथमिक शिक्षकहरुलाई तालिम दिने उदेश्यले देशभर ९ वटा प्राथमिक शिक्षक तालिम केन्द्रको स्थापना भयो ।पछि २९ वटा शैक्षिक तालिम केन्द्र मार्फत शिक्षक तालिम कार्यक्रम संचालन हुदै आएकोमा आ.व. २०७५÷७६ मा संघीय संरचना तीन तहमा कार्यान्वयन गर्ने क्रममा शैक्षिक तालिम केन्द्रहरुलाई प्रदेश सरकारको शिक्षा विषय हेर्ने तत्कालीन सामाजिक विकास मन्त्रालय अन्तर्गत रहने गरी सात प्रदेशमा ७ वटा मात्र प्रदेशस्तरीय शिक्षा तालिम केन्द्र रहने गरी संगठन संरचना स्वीकृत भयो र सोही अनुसार तत्कालिन शैक्षिक तालिम केन्द्र वारा मधेश प्रदेश सरकारको प्रादेशिक शिक्षक तालिम केन्द्रको रुपमा शिक्षा तालिम केन्द्र वारा रहेको छ । यो शिक्षा तालिम केन्द्र मधेश प्रदेशको वारा जिल्लाको कलैया उपमहानगरपालिकाको गंगापुरमा अवस्थित छ ।

संघीय सरकारवाट वित्तीय हस्तान्तरण मार्पत प्राप्त र प्रदेश सरकारको स्वीकृत कार्यक्रम बमोजिम प्रदेश भित्र कार्यरत शिक्षकहरुको लागि तालिम सञ्चालन गर्नु यस केन्द्रको मुख्य जिम्मेवारी हो । यहि जिम्मेवारी स्वरुप केन्द्रले प्रदेशका ८ वटै जिल्लाहरुमा तालिम सञ्चालन गरि तालिमको अनुगमन तथा Technical support गर्ने कार्य गरेको छ । नयाँ ढाँचाका ECD, TPD, Integrated -TPD / HT तालिम कार्यक्रमहरुमा स्थलगत प्राविधिक सहायता प्रदान गर्ने, श्रोत सामग्रीहरु विकास तथा वितरण गर्ने, तालिम सुधारका लागि कार्यमूलक अनुसन्धान गर्र्नेे र कार्यक्रम अनुसार समसामयिक विषयवस्तु छोटो अवधकिो तालिम संचालन गर्ने लगायतका कार्यहरु यस तालिम केन्द्रले गर्दै आएको छ । तालिम केन्द्रबाट सञ्चालन हुने शिक्षक पेसागत विकास तालिम तथा अन्य छोटो अवधिका तालिमहरु सकेसम्म शिक्षकहरुलाई पायक पर्ने गरी उपयुक्त स्थानमा तालिम कक्षहरु भएका विद्यालयहरुस्रग समन्वय गरी तथा तालिम केन्द्र तथा अगुवास्रोत केन्द्रका पुराना संरचनाहरुको प्रयोग गरेर समेत तालिम सञ्चालन गर्ने व्यवस्था मिलाएकोछ ।