शिक्षा तालिम केन्द्रको भूमिका

() नेपाल सरकारवाट वित्तीय हस्तान्तरण भइ प्राप्त सशर्त अनुदानका शिक्षक पेसागत विकासका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने ।

() शिक्षक पेसागत विकास सम्वन्धी योजना तथा कार्यक्रम तय गरी कार्यान्वयनमा ल्याउने ।

() एक महिने शिक्षक पेसागत विकास तालिमका लागि प्रशिक्षक निर्देशिका र स्रोत सामग्री विकास गर्ने ।

() कस्टमाइज्ड शिक्षक तालिम तथा तालिम सामग्री विकास गर्ने ।

() स्थानीय तहमा कार्यरत शिक्षक मेन्टरहरुलाइ तालिम प्रदान गर्ने ।

() स्थानीय तहमा शिक्षकहरूको विज्ञ सूची (Roster List) तयार गरी कस्टमाइज्ड शिक्षक तालिमका सञ्चालनका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने

() शिक्षक पेसागत विकास कार्यक्रम सम्बन्धमा स्थानीय तहका शिक्षा प्रमुख तथा अधिकृतका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने

() तालिम प्राप्त शिक्षकलाई फलोअप सहायता प्रदान गर्ने

() शिक्षक पेसागत विकास तालिमको अभिलेख व्यवस्थित तथा प्रमाणित गरी प्रमाणीकरणका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा पठाउने

(१०) शिक्षक पेसागत विकाससम्बन्धी अध्ययन अनुसन्धान गर्ने

शिक्षा तालिम केन्द्रले गरिरहेका मुख्य कार्यहरू

  1. माध्यमिक तथा आधारभूत तहका शिक्षकहरूको लागि १०+५ दिने शिक्षक पेसागत विकास तालिम सञ्चालन,
  2. माध्यमिक तथा आधारभूत तहका शिक्षकहरूको लागि १०+५ दिने शिक्षक पेसागत विकास तालिम सञ्चालन,
  3. तालिम अप्राप्त वालविकास केन्द्रका सहयोगि कार्याकर्ताहरुको लागि १०+५ दिने शिक्षक पेसागत विकास तालिम सञ्चालन,
  4. आधारभूत र माध्यमिक तहका प्रधानाध्यापकहरूका लागि १०+५ दिने प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम सञ्चालन,
  5. विभिन्न शैक्षिक समस्याहरु समाधानका लागि क्रियात्मक अनुसन्धान कार्य सञ्चालन,
  6. सेवा क्षेत्रभित्र सञ्चालित शिक्षकको पेसागत विकास तालिमको लागि स्थलगत अनुगमन तथा प्राविधिक सहायता प्रदान,
  7. तालिम निर्देशिका तथा स्रोत सामग्री निर्माण तथा वितरण,
  8. पुस्तकालय व्यवस्थापन तथा प्रयोगशाला सुदृढीकरण,
  9. तालिम गतिविधि सम्वन्धी जर्नल÷वुलेटिन प्रकाशन,
  10. संघ र प्रदेशको स्वीकृत कार्यक्रम बमोजिमका विभिन्न विषय तथा शिर्षकका तालिम सञ्चालन,
  11. तालिम प्राप्त शिक्षकहरुलाई १० महिने तथा १ महिने तालिम सम्पन्न प्रमाण-पत्र प्रदान,
  12. संघ, प्रदेश र स्थानीय तह बीच शिक्षक तालिमका सञ्चालनका लागि आवश्यक समन्वय ।
  13. शिक्षक पेसागत विकास प्रारुप, २०८० अनुसार आधारभूत तह ९कक्षा १(५० ९कक्षा ६(८० का शिक्षकका लागि एक महिने प्रमाणीकरण तालिम तथा माध्यमिक तह ९कक्षा ९(१०० का अनिवार्य विषय शिक्षकका लागि एक महिने प्रमाणीकरण तालिम ।

हाम्रो सेवा क्षेत्र र लक्षीत सेवाग्राही

मधेश प्रदेशका आठवटै जिल्लामा रहेका शिक्षकहरु यस तालिम केन्द्रका लक्षीत सेवाग्राही हुन । वालविकास केन्द्रका शिक्षक (सहयोगी कार्यकर्ता), आधारभूत तहका शिक्षक (प्राविर निमावि) , माध्यामिक तह (कक्षा ९,१०र११,१२) शिक्षकको पेशागत विकास सम्बन्धी प्रमाणिकरण टिपिडि तालिम र छोटो अवधिको पूनर्ताजगी तालिमहरु प्राप्त गर्ने सबै शिक्षक तथा सरोकारवालाहरु र प्रदेशभित्रका शिक्षा सेवा शिक्षा प्रशासन समूह निरीषण उपसमूहको प्राविधिक सहायक (प्रा.स.) र सहायक पांचौ तहका कर्मचारीहरु तालिमको सन्दर्भमा तालिम केन्द्रका लक्षीत सेवाग्राही हुन ।